Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

आमाले बनाएको फिल्ममा छैनन् अनमोल

Susmita-(1)Susmita-(1)काठमाडौं । अनमोल केसीकी आमा तथा नायिका सुस्मिता केसीले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’ को फस्ट लुक सार्वजनिक गरिएको छ । सार्वजनिक फस्ट लुकमा चलचित्रमा मुख्य भूमिका निर्वाह गरेका आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगीलाई देख्न सकिन्छ ।
अहिलेका स्टार अनमोल केसीको ब्यानरमा निर्माण भएको चलचित्र ‘म त तिम्रै हुँ’ मा अनमोल स्वयंले भने अभिनय गरेका छैनन् । यो चलचित्र साउन ७ गतेबाट देशभर प्रदर्शन हुने भएको छ ।
चलचित्रमा आकाश र ज्योत्सनाको अतिरिक्त सुस्मिता केसी सुशील काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का लगायतको मुख्य अभिनय रहेको छ ।
चलचित्रलाई श्रीराम महतले निर्देशन गरेका छन् भने सौरभ लामाको छायांकन, कविराज गहतराजको नृत्य, हिमाल केसीको द्वन्द्व, हर्कुलिस बस्नेतको संगीत रहेको छ ।
कृष्ण आचार्यको पटकथा सम्वाद रहेको छ चलचित्रको कथा स्वंम सुस्मिताको रहेको छ । यसअघि सुस्मिताले तँ त सार्‍है बिगि्रन नी बद्री’ को कथा लेखेकी थिइन् ।
भुबन केसीकी पूर्व श्रीमति सुस्मिता अहिले सिंगल छिन् । भुवन केसीकै लगानी रहेको करोडपति, नेपाली बाबु लगायतका फिल्ममा अभिनय गरेकी सुस्मिताले बाहिरी ब्यानरको फिल्ममा भने काम गरेकी छैनन् 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget