पाँचथर,जेठ ११,

गर्न सक्नेलाई विदेश जानु पर्देन् स्वदेशमै पनि गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिइरहेका छन् पाँचथर अमरपुर ४ भानुचोकका ५१ वर्षिय इन्द्र नारायण ढकालले, लामो समय सम्म गैरसकारी संस्था समेत संचालन गरिसक्नु भएका उहाँले दुई वर्ष अगाडि ४ वटा उन्नत जातका गाईहरु घरमा ल्याएर फार्म दर्ता गाई पालन ब्यवसाय शुरु गर्नुभयो ।
शुरुवातमा ३० लाख रुपैया लगानी गरी ब्यवसाय थालेको उहाँ वताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“ दश बर्षमा एक करोडको पुजी आर्जन गर्ने लक्ष्यका साथ गाइ पालन सुरु गरेको हुँ, परम्परागत भन्दा फरक ढङगबाट ब्यवसाय सञ्चालन गरी गाउँमा नमूना काम गर्ने सोचमा छु ।” उहाँको गोठमा अहिले जर्सी,वेलायती गरी उन्नत जातका १६ वटा गाइ छन् ।
उहाँ दुध ढुवानी गर्न घाँस र जनशक्ती मुख्य चुनौती भएको वताउनुहुन्छ । २ वर्ष देखि यो ब्यवसाय सुरु गरेका उहाँले दैनिक ३५ लिटर दुध उत्पादन गर्दै आउनु भएको छ । ४ वटा गाइबाट ब्यवसाय सुरु गरेका उहाँको गोठमा अहिले १६ वटा गाइ छन् । जसका लागि उहाँले गोठ ब्यवास्थापन, घासको लागि जमिन खरिद लगायत गरी ३० लाख रुपैयाँको लगानि गरिसक्नु भएको छ । दश बर्षमा एक करोड वढिको पुँजि बनाउने हिसावले ब्यवसायमा लागेका उहाँले बताउनुभयो ।
उत्पादन भएको दुध भालुचोक बजार र दुग्ध संस्थान गोपेटारमा खपत हुँदै आएको छ । अहिले उहाँले २ जना काम गर्ने सहयोगी समेत राख्नुभएको छ । उहाँ भन्नुहुन्छ,“ अहिले धेरै यूवाहरु कोरिया,खाडी लगायतका अन्य देशहरु गइरहेका छन्,तर दुख,परिश्रम र मेहेनत गर्ने हो भने वाहिर गएर अर्कोको देशमा पसिना वगाउनु पर्देन,यहिँ पनि त्यहाँ कमाउने जति सजिलै कमाउन सकिन्छ ।” उहाँले यसरी ब्यवसायिक रुपमा पशुपालनतर्फ लाग्ने कृषकको लागि सरकारले पशुपालक कृषकको निम्ति कार्यक्रमहरु ल्याउनुपर्ने वताउनुहुन्छ ।