कुमोद अधिकारी
विराटनगर,११ जेठ । मोरंङको डांगीहाट–६ मा सनराइज वैंक लिमिटेडको शाखा रहित वैंकिंङ शाखा आजदेखी संचालनमा आएको छ । वैंकिंङ शाखाको नायव महाप्रवन्धक आशा राणा अधिकारी र डांगीहाट गाँउ विकास समितिका सचिव इन्द्रमणी कटेलले सयुक्त रुपमा आज उद्घाटन गर्नु भएको थियो ।
२०६४ सालमा स्थापना भएको वैंकको यो ५३ औं शाखा हो भने मुलुकभरी वैैकको यो चौथौ शाखा रहित वैंकिंङ शाखा हो । वैंकको ३१ वटा शाखा काठमाण्डौमा र अन्य शाखा काठमाण्डौं वहिर रहेका छन ।
२ लाख ८९ हजार ग्राहक रहेको र वैंकको निक्षेप ४१ अर्व र कर्जा ३४ अर्व रुपैया रहेको नायव महाप्रवन्धक अधिकारीले बताउनुभयो । वैंकको गतिविधि लगायत एसपीओएस मेशिनवाट ग्राहकहरु लाइ वैंकिङ सेवा प्रदानगर्न वैकिङ सेवा संचालनमा आएको हो । मेशिनमा औठाको छाप लगाएर सर्वसाधारणहरुले सहज रुपले वैंकिङ कारोवार गर्ने बताइएको छ ।
डाँगिहाटवाट १० किलोमिटर उत्तर विराटचौकमा समेत यस अघि वैंकले शाखा स्थापना गरी सेवा प्रदान गरिरहेको सो वैंकका मेनेजर यादव खतिवडाले बताउनुभयो । डागिहाटमा खोलिएको वैंकिङ सेवाले सो भेगका एकदर्जन गाउ विकास समितिलाइ सेवा पु¥याउने खतिवडाले बताउनुभयो ।
सेवा स्थापना भएको पहिलो दिनमै डेढसय भन्दा वढिले खाता खोलेको वैंकले जनाएको छ । कार्यक्रमा वैंककी वजार व्यवस्थापक रविना आर्चायले वैंकका गतिविधीवारे जानकारी गराउनु भएको थियो ।