Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

हेवा खोला जलबिद्युत आयोजनाको काम सुचा

हेवा खोलाको लागि तस्बिर परिणामपाँचथर, जेठ १०,
पाँचथरको फिदिम स्थित हेवा खोलामा निर्माणधिन तल्लो हेवा खोला जलबिद्युत आयोजना काम सुचारु हुने भएको छ ।
आयोजना प्रभाबित क्षेत्रका स्थानीय सहित आइतबार जिल्ला विकाश समितीमा बसेको समन्वय बैठकपछि समिति निर्माण गरी १५ दिनभित्र भएको के हो त्यसका बारेमा आधिकारिक बिवरण ल्याउने सहमति भए पछि निर्वाद रुपमा काम सुरु हुने भएको हो ।
उक्त विवरण ल्याउन जिल्ला विकाश समिती पाँचथरका इन्जिनियर भानु बरालको संयोजकत्वमा समिती गठन गरी १५ दिनभित्रमा के कति क्षति भएको त्यसको आधारमा मुआब्जाको ब्यवस्था गराउन कम्पनीलाई पहल गराउने निर्णय गरिएको सरोकारवाला समितीका सहसचिव नरोत्तम थापाले जानकारी दिनुभयो ।
जिल्ला उर्जासंकट निवारण समोनय समितिबाट छानविन गरी स्थलगत रुपमा अध्यायनका आधारमा काम गर्ने प्रमूख जिल्ला अधिकारी पुरुषोत्तोम घिमिरेले बताउनुभयो ।
समितिले स्थानीयले पानीको समस्या लगायत राखेका मागका बिषयमा छनबिन गर्ने सरोकार समितिका सदस्य सचिव थापाले जानकारी दिनुभयो ।
समितिको निर्णय आउन्जेल सम्मका लागि काम सुचारु हुने थापाको भनाई छ ।
फिदिम नगरपालिकाको १, २, ४, ५ वडाका स्थानीयलाई प्रत्यक्ष असर पर्ने भन्दै स्थानीयले अतिक्रमणमा पर्ने जग्गाको मुआब्जा, स्थानीयलाई रोजगारी, सिँचाई कुलो र खानेपानीका मुहानमा परेको असर देखाउँदै आन्दोलन थालेका थिए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget