Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

आर्यन–मरिष्कालाई सुरुमै फाइदा, ‘के म तिम्रो’को कमाई करोडमा


शुक्रबारदेखि रिलिज भएको फिल्म ‘के म तिम्रो होइन र’ करोड क्लबमा ज्वइन भएको निर्देशक आकाश अधिकारीले जानकारी दिएका छन् । 
k ma timro hoina raफिल्मले सोमबारसम्म आइपुग्दा करोड ग्रस कलेक्शन गरेको आकाशको भनाई छ । शुक्रबार औषत व्यापार गरेपनि फिल्म शनिबार उकालिएको थियो ।शनिबारमात्र फिल्मको कमाई देशभर आक्रमक थियो । आइतबार र सोमबार पनि होल्ड कायम रहेको र वर्ड अफ माउथले फिल्म चलेको छ । फिल्म चलेपछि अभिनेता नायक आर्यन अधिकारी र नायिका मरिष्का पोख्रेललाई फाइदा भएको छ । फिल्मको प्रदर्शन अब डायस्पोराबाट सुरु गर्ने निर्माता सुरेश अधिकारीले बताए । पहिलो फिल्म नै चलेपछि आर्यन र मरिष्काको करिअर पनि चम्कने छनक देखिएको छ । एक्सन प्रेमकथाको जनरामा तयार भएको फिल्म चलेपछि निर्देशक आकाश अधिकारी पनि खुशी देखिएका छन् । उनले यो साता फिल्मले लगानी सुरक्षित गर्ने र दोश्रो साताबाट नाफामा जाने बताए ।







Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget