Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गुनासो बढेपछि एम्बुलेन्समा कडाई

जेठ १२  |   मनोज भुजेल
इटहरी –एम्वुलेन्सको व्यापक दुरुपयोग भएको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले एम्वुलेन्सको कडाइका साथै अनुगमन गर्ने भएको छ । सुनसरी जिल्लामा सञ्चालित एम्वुलेन्सले मनपरी भाडा असुलेको लगायत जनगुनासो बढेपछि सुनसरी प्रशासनले जेठ ११ गतेबाट एम्वुलेन्सको कडाईका साथै अनुगमन गर्ने भएको हो ।CDO Sunsari
धरान स्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिशेष गरी एम्वुलेन्स चालकहरुले बिरामी ल्यान र लाने बिषयमा मनपरी भाडा असुलेको जनगुनासो बढेको थियो । मनपरी भाडा असुलेपछि यस बिषयमा सुनसरी प्रशासनमा उजुरी परेको थियो । जसमा धरान देखी इटहरी सम्म बिरामी ल्याउदा हजार सम्मको शुल्क लिएको बताइएको छ ।
यसरी मनपरी भाडा असुलेको भन्दै सुनसरी प्रशासनले एम्वुलेन्सको कडा अनुगमन गर्ने र फेरी त्यस्तो कार्य भए एम्वुलेन्स चालक तथा संञ्चालकलाई कडा कारबार्हि गर्ने बताइएको छ । यस्तै एम्वुलेन्समा आबश्यक पर्ने स्वास्थ्य उपकरण छ या छैन त्यसको पनि अनुगमन गरिने छ ।
एम्वुलेन्स र शवबाहान जस्ता सबारीको स्विकृति दिदा संघ संस्थाको कम्तिमा पनि ३ बर्ष र पोलिक्लिनिकहरुको हकमा ५ बर्षको कार्य सम्पादन स्थिति सन्तोषजनक भएको खण्डमा मात्र स्वीकृति दिइने प्रशासनले निर्णय गरेको छ ।
साथै एम्वुलेन्स चालकहरुलाई पनि अबका दिनमा प्राथमिक उपचारको तालिम नेपाल रेडक्रस सोसाइटी मार्फत संञ्चालन गर्न रेडक्रसलाई आग्रह गरेको छ ।
एम्वुलेन्सको बिषयमा व्यापक जनगुनासो आएपछि हामीले यस्तो अभियान संञ्चालन गरेका हौ सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले भने । जनताको प्रत्यक्ष सरोकारको बिषयमा जोडिने हरेक बिषय बस्तुको जिल्ला प्रशासनले राय सल्लाह लिदै आएको बताउदै चापागाईले एम्वुलेन्सको बिषयमा कडाईको साथै नियमित अनुगमन गर्ने बताए ।
सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget