Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

छनौट चरणको खेल सुरु


विराटनगर ६ जेष्ठ ।  स्वर्गीय जन नेता मदन भण्डारीको स्मृति तथा पर्वतारोही पाशाङ ल्हामु शेर्पाको स्मृतिमा एक नम्बर प्रदेश स्तरीय पुरुष तथा महिला लिग नकआउट भलिबल प्रतियोगिताको छनौट चरणको खल सुरु भएको छ ।

मदन भण्डारी एकाडेमीको आयोजना भएको प्रतियोगिताको कोशी अञ्चलको पहिलो चरणको छनौट खेलहरु हिजो विराटनगरको सहिद मैदानमा सुरु भएको हो ।छनौट चरणको महिला तर्फको खेलमा संखुवासभाले ९ अंक र मोरङले ६ अंक ल्याएर अन्तिम चरणमा प्रवेश गरेको छ ।

संखुवासभाले मोरङ, भोजपुर र सुनसरीलाई हराउँदै अन्तिम चरणमा प्रवेश गरेको हो । खंखुवासभाले सुनसरीलाई २५–१०, १५– ६ सेटको अन्तरले पराजित ग¥र्यो, त्यस्तै भोजपुरलाई २५–, १५, २५– १३ सेटले पराजित ग¥यो भने मोरङलाई २५–१०, २५–१८ को सेटले पराजित गरी अन्तिम चरणमा पुगेको छ ।

त्यस्तै मोरङले भोजपुर र सुनसरीलाई पराजित गरी ६ अंक जोडदै अन्तिम चरणमा प्रवेश गरेको छ । मोरङले भोजपुरलाई २५–१३, २५–१५ को सेटलले हरायो भने सुनसरीलाई २५–१२,  २५– १० सेटले अन्तरले हराएको छ ।पुरुषतर्फ भोजपुर अन्तिम चरणमा प्रवेश गरेको छ । भोजपुरले सुनसरी, तेह्रथुम र मोरङलाई हराउँदै ९ अंक जोडेर अन्तिम चरणमा प्रवेश गरेको हो  ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget