गफसफले चर्चा बटुुल्दै
विराटनगर १७ जेष्ठ । शनिवार बेलुका ५: ३० बजे नमस्ते एफएम ईटहरीमा आउने कार्यक्रम गफसफले चर्चा कमाउन सुरु गरेको छ । विभिन्न ब्यक्तिहरुलाई फोन गरेर मुर्ख बनाएर श्रोताहरुलाई पेटमिची मिची हसाउने कार्यक्रमका प्रस्तोता निरज निरौलाको प्रस्तुती धेरैले मन पराउन थालेका छन् । भारतको रेडियो मिर्चीमा आर्जे नभेदले सञ्चालन गर्ने कार्यक्रम मुर्गाको जस्तै जस्तै ढाचामा सञ्चालन भएको कार्यक्रममा निरौलाले पनि मुर्गाको जस्तै स्वाद गफसफबाट श्रोतालाई चखाउने गरेका छन् । रेडियोको अलवा युवटयुवमा पनि निरौलाको कार्यक्रम गफसफ सुन्न सकिन्छ ।