Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

गाँजा सहित एक पक्राउ


मोरङ,१३  जेष्ठ । मोरङको बिराटनगरबाट लागुऔषध गाँजासहित एक जना पक्राउ परेका छन्।
धनकुटा आहाले गाविस ६ बस्ने २७ वर्षिय झिंगर सिंह राईलाई १३ किलो गाँजासहित प्रहरी चौकी बरगाछीको टोलीले आज बिहान ३ बजे बिराटनगर ५ स्थित केसलिया पुलबाट पक्राउ गरेको हो। को १६ प २३८७ नम्बरको मोटरसाइकलमा पश्चिमतर्फ जादै गरेका राईको झोलाबाट प्याकिङ गरेको अवस्थामा सो गाँजा बरामद भएको थियो।
बरामद गाँजा र मोटरसाइकलसहित राईलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भइरहेको छ।
त्यसैगरी मोरङको सुन्दर(दुलारी नगरपालिका ८ बाट बुधबार इलाका प्रहरी कार्यालय बेलबारीले बा ३ ख ९७९ नम्बरको बसबाट दुई सय पाँच लिटर घरेलु मदिरा बरामद भएकोले बस, चालकसहित उक्त मदिरा आवश्यक कारवाहीकालागी आन्तरिक राजश्व कार्यालय बिराटनगर पठाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget