सिरहा, जेष्ठ ५ गते।
पूर्व
पश्चिम राजमार्ग अन्तरगत सिरहाको लहानमा गएराती तीन वटा मोटरसाइकल एक
अर्कासंग ठोक्किंदा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका
छन।
लहान
नगरपालिका १२ स्थित राजमार्गमा राती २१३० बजेतिर स.२ प ६७, स.३ प १६० र स
३ प ९२०८ नम्बरको मोटरसाइकलहरु एक आपसमा ठोक्किएको थियो।
दुर्घटनामा
गम्भीर घाइते भएका सिरहा लहान नगरपालिका ८ की ४५ वस्ने नुजा सदाय, सिरहा
असनपुर ७ का ३५ वर्षिय रामआसिस पासवान, गोलबजार नगरपालिका ६ का १८ को विवेश
सिंह र सप्तरी बरमपुर ३ का ५५ वर्षिय लक्षमण रामको उपचारकाक्रममा लहान
अस्पतालमा राती १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको
छ।
अर्का
घाइते सप्तरी बेलकवा ४ बस्ने ३५ वर्षिय सर्बेस गोश्वामीको अवस्था गम्भीर
रहेकोले उपचारकालागी न्युरो अस्पताल बिराटनगर ल्याइएको छ ।