Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सुनसरीको औराबनीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सुनसरी, जेष्ठ ६ गते।
सुनसरीको औराबनीमा बुधबार राती मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
दुहवी-इनरुवा सडक खण्ड अन्तरगत औराबनी गाविस ९ मा स २ प ८३७३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सो मोटरसाइकलका चालक सुनसरी छिटाहा ९ का २८ वर्षिय अनिल कुमार चौधरीको उपचारकाक्रममा मृत्यु भएको प्रहरी चौकी औराबनीले जनाएको छ।
राती १०३० बजे पश्चिमबाट पूर्वतर्फ जादै गरेको चौधरीको मोटरसाइकल औरावनी ९ मा अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनाबाट गम्भीर घाइते भएका चौधरीको उपचारकाक्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget