ईलाम, १८ जेष्ठ । ईलामको महमाई गाविस ६ स्थित कपरसुखामा आज दिउँसो चट्याङ खस्दा एक बालिकको मृत्यु भएको छ।
खेतबाट धानको बोझा बोकेर घरतर्फ फर्कनेक्रमा दिउँसो २ बजेतिर चट्याङ खस्दा महमाई ७ रातमाटे डाँडा बस्ने मतिलाल लिम्बुको १४ वर्षिया छोरी एलिसा लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।