Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सत्तरी तोला सुन सहित दुई पक्राउ


सिरहा,१३ जेष्ठ।सत्तरी तोला सुनसहित  सिरहामा  दुई जना पक्राउ परेका छन।


जिल्ला प्रहरी कार्यालय सिरहाले गोप्य सूचनाका आधारमा सिरहा नगरपालिका वडा नम्बर ११ स्थित भलुवाही चौकबाट बुधबार सांझ सोही नगरपालिका १० सारस्वरका २१ वर्षिय तमन्ना दफाली र सोही ठाउँका २२ वर्षिय मोहमद ईजराईल दफालीलार्इ १०—१० तोलाको सात वटा सुनको बिस्कुट सहित पक्राउ गरेको हो।
चेकजाँचकाक्रममा उनीहरुको साथबाट दुवई—युएयी १०—१०,तोला लेखिएको ६ वटा र स्विस १० तोला लेखिएको १ वटा सुनको बिस्कुट, नगद ३४ हजार आठ सय पैत्तीस रुपैया र दुई थान सामसुङ मोवाईल बरामद भएको र उनिहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले दिनुभयो।

प्रहरीले उनीहरु सवार स ६ प ६३२४ नम्बरको पल्सर मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुबैलाई  प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget