Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

राधानी बाहिर मञ्चन हुने नाटकमा मौलिकता पाइन्छ

पाँचथर जेठ १३
नाट्यकर्मी महासँघ नेपालका महासचिव राजेन्द्र रिमालले काठमाण्डौँदेखि वाहिर मञ्चन हुने नाटकहरुमा नेपाली मौलिकता पाइने गरेको बताएका छन् । काठमाण्डौँमा विदेशी नाटकहरुको वाक्लो मञ्चन हुने र दुर्गम भेगमा भने नेपाली माटोको सुगन्ध भएका नाटकहरु मञ्चन हुने गरेको बताए । पाँचथरको फिदिममा नाट्यकर्मी महाँसघ नेपाल पाँचथरको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै रिमालले नेपाली मौलिकपना झल्किने नाटकको दर्शकले अपेक्षा गरेको बताए । यस्तै उनले सामाजिक विकृती,विसङ्गती र राज्यले जनतामाथि थोपरेको पीडा नाटकमा चित्रण गरेर राजनीतिक आन्दोलनमा पनि भूमिका खेलेका उल्लेख गरे । तर राज्यले नाट्य क्षेत्रलाई अपमान गरेको भन्दै गुनासो गरे । नाट्यकर्मी विशाल भण्डारीले नाटककारहरुलाई गहनाको रुपमा भन्दा पनि राज्यको अंगको रुपमा लिनु पर्नेमा जोड दिए । चाँहिदा लगाउने र नचाहिँदा फाल्ने हुँदा गहना नभनी राज्य निर्माणको अंगको रुपमा चित्रण गर्नु पर्ने बताए । राजनीतिक आन्दोलनदेखि सामाजिक आन्दोलनमा ,नाटककारहरुले कलात्मक ढंगबाट उत्पीडित समुदायको भावनालाई प्रस्तुत गर्दै आएको तर नाटककारहरुलाई अपमान गरेको भन्दै दुखेसो पोखे । कार्यक्रममा नेपाली कँग्रेसका सचिव रुपनारायण जवेगू,एमालेका सह सचिव धनवहादुर फियाक,नाटककार डिएम। कन्दङवा,याक्थुङ प्रज्ञा प्रतिष्ठानका कूलपति राजेन्द्र जवेगू,नाट्यकर्मी महाँसघका सल्लाहकार प्रेम ओझा,साहित्यकार सन्तोष थेबे लगायतले नाटकमा समाजको वास्तविकतालाई जस्ताको तस्तै चिणत्र गरिए नाटक जीवन्त हुने बताएका थिए । अधिवेशनको खुल्ला सत्रमा मन्जु तुम्बापो,शान्ता गौतम,मधु आजित केरुङ,बिबस माङमू,दिपक खनाल,बन्दना सिग्देल,सुनिता साँवा,सपना नेम्बाङ,कुवेर मृद्युल आङबो,लक्षमण गजुरेल,शंकर आत्मा,राज दिलान्जली,केशव पौडेल,धनपति ढुंगेल,शन्देश सुब्बा,सन्तोष थेबे,कविता चापागाइ,लगायतले गीत,साहित्य प्रस्तुत गरेका थिए । यस्तै अधिवेशन पनि केहीवेर अघि सकिएको छ । अधिवेशनले सागर केरुङको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ । महासँघको उपाध्यक्षमा कमल घिमिरे,सचिवमा दीपक खनाल,कोषाध्यक्षमा सुनिता साँवा रहेका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget