Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

प्रहरीलाई घरेलु काममा खटाइएको विषयमा छानबिन सुरु

इलाम, जेठ ५ ।
सशस्त्र प्रहरीको इलामस्थित श्रीअन्तु गुल्मबाट प्रहरीलाई घरेलु काममा खटाइएको विषयमा छानबिन सुरु भएको छ । सशस्त्र प्रहरीको बराह बाहिनी पकलीले सो विषयबारे अध्ययन गर्न सोमबार छानबिन समिति गठन गरेको हो । 
गुल्मका डिएसपी लकेश तुम्बाहाम्फेले मामाका छोरा दीपराज आङदेम्बेको कुखुराको खोर बनाउन गुल्मका तीन प्रहरीलाई खटाएका थिए । त्यससम्बन्धी फोटोसहितको समाचारलाई लिएर सशस्त्र प्रहरी बराह बाहिनी पकलीले छानबिन सुरु गरेको हो । एसपीको कमान्डमा छानबिन समिति बाहिनीका एसपी भुवनेश्वर प्रसादको कमान्डमा छानबिन समिति गठन गरिएको छ । 
समितिले बुधबारदेखि इलाम पुगेर छानबिन गर्ने बराह बाहिनीका डिआइजी सुरज श्रेष्ठले बताउनु भयो । समितिमा द्रोणकुमार पोखरेल र इन्स्पेक्टर दुर्गा भट्ट सदस्य छन् ।     

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget