बेलवारी , ९ जेष्ठ । मोरङको बेलबारीमा आफ्नै फुपाजुलाई खुकुरी प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बेलबारी नगरपालिका ९ रामपुरका अन्दाजी २४ वर्षिय डेनु भन्ने दिपक माझीलाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको हो ।
माझीले बिहान ८ बजेतिर घरायसी विवादका क्रममा फुपाजु नाता पर्ने अन्दाजी ५० वर्षिय जगरनाथ चौधरीलाई खुकुरीले प्रहार गरेका थिए।
टाउको पछाडी गर्दनमा खुकुरीको गहिरो चोट लागेका चौधरीलाई उपचारका लागि न्युरो अस्पताल बिराटनगर ल्याइएको छ।