Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

दोर्जेले क्रिष्टिनालाई भगाए पछि “ छुट्यो माया ”बिक्रमको


गायक प्रमोद खरेलको आवाजमा सजिएको छुट्यो मायामा बोलको गीत सार्वजनिक भएको छ । हालै काठमाडौंमा एक कार्यक्रमका बीच “छुट्यो माया ”बोलको गीत सार्वजनिक गरिएको छ ।  विक्रम लामाको मुख्य अभिनय गरेको उत्त गीत सार्वजनिक भएको हो ।
उत्त गीतमा अर्केले आफ्नी प्रेमिका भगाए पछि बिक्रमको बर्षौ देखिको माया प्रेम छुटेको छ । काठमाडोैं लगायत उत्त गीतलाई छायांकन गरिएको छ ।छुट्यो मायामा बिक्रम लामालाई क्रिष्टिना र दोर्जे लामाले अभिनयमा सघाएका छन् ।
बिक्रमले यस अघि उन्ले कोमल “वलीको फूल फुल्यो साँइला ”मा मोडलिङ गरेका थिए । तामाङ  फिल ह्यूलका निर्माता तथा निर्देशक समेत रहेका बिक्रम यो गीतबाट निकै आशाबादी रहेको बताए । छुट्यो मायालाई नेत्र बहादुर भुजेलले शब्द लेखेका हुन् भने छेवाङ तेन्जिङ लामाले संगित भरेका छन् । गीतलाई  भिम घिसिङको निर्देशन रहेको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget