सप्तरी,१७ जेष्ठ । पूर्व पश्चिम लोकमार्ग अन्तरगत सप्तरीको शम्भुनाथ नगरपालिकामा आइतबार सांझ म्याजिक भ्यानले ठक्कर दिएक एक जना मोटरसाइकल चालक घाइते भएका छन्।
शम्भुनाथ नगरपालिका ६ मा सांझ ६ बजेतिर पूर्बबाट पश्चिमतर्फ जादै गरेको ना १ ज २३५७ नम्बरको म्याजिकले बिपरित दिशा आउदै गरेको बा २८ प १५५८ नम्बरको मोटरसाइकलाई ठक्कर दिंदा सो मोटरसाइकलका चालक सप्तरी हर्दिया गाविस ५ बस्ने २५ वर्षिय भोला साह घाइते भएका हुन।
भ्यानको ठक्करबाट गम्भीर घाइते भएका साहलाई उपचारकालागी सगरमाथा अंचल अस्पताल पुर्यााइएको छ ।
ठक्कर दिने म्याजिक प्रहरीको नियन्त्रणमा छ भने भ्याका चालक फरार भएकाले प्रहरीबाट खोजी भइरहेको प्रहरी चौकी कठौनाले जनाएको छ।