विराटनगर १३ जेष्ठ । गायक तेज कुमार खवासको पछिल्लो गिती संग्रह अहिले चुल्बुले कान्छी’ बजारमा आएको छ ।
खवासको आफ्नै शब्द, संगीत तथा स्वर रहेको शिर्ष गीत चुलबुले कान्छी’को निर्देशन युवराज वाईबाले गरेका हुन् । स्वदेशमा मात्रै नभई विदेशमा पनि चर्चा कमाएको चुल्बुले कान्छी’ को म्युजिक भिडियो अहिले बिभिन्न टेलीभिजन तथा सामाजिक संञालहरुमा पनि देख्न सकिन्छ ।
रोमान्टिक शैलीमा रहेको गीतकोे म्युजिक भिडियोमा बर्षा राउत र सरोज दाहालको अभिनय गरेका छन् ।
मोरङ स्थायी घर भएका तेज कुमारले यस अघि मैले त भन्ने गिती संग्रहमा आफ्नो स्वर दिइसकेका छन् । मीठो स्वरका धनी खवास अहिले वैदेशिक रोजगारीको सिलसिलामा यु ए ई मा रहेका छन ।