Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

थप २२ जिल्लामा स्वाभिमान अभियान सम्पन्न

काठमाडौँ, ५ जेठ । मानव अधिकार तथा शान्ति समाजले सञ्चालन गर्दै आएको स्वाभिमान अभियान थप २२ जिल्लामा सम्पन्न भएको सो संस्थाले जनाएको छ ।
‘शान्ति, अहिंसा, राष्ट्रिय स्वाभिमान, एकता, सद्भाव र आत्मसम्मान’ भन्ने मूल नारासहित हिमाल, पहाड र तराईका थप २२ जिल्लामा त्यस्तो जागरण सभा सम्पन्न भएको सो समाजका सभापति गङ्गाधर अधिकारीले जानकारी दिनुभएको छ ।


यसअघि, पहिलो र दोस्रो चरण गरी ३५ जिल्लामा जागरण सभा सम्पन्न गरिसकिएको छ ।
गत वैशाख १५ देखि जेठ २ सम्म भरतपुर, गैँडाकोट, बुटवल, तौलिहवा, खलङ्गा, लिवाङ्ग, तुल्सीपुर, सिकोट, वीरेन्द्रनगर लगायतका क्षेत्रमा खुला जागरण सभा सम्पन्न भएको थियो ।
स्वाभिमान अभियानप्रति राजनीतिक दल, नागरिक समाज र स्थानीय सञ्चारमाध्यमले ऐक्यबद्धता जनाएको बताउँदै उहाँले समुदायमाझ सुमधुर सम्बन्ध कायम राख्न, सद्भाव अभियानका रुपमा समेत सञ्चालित अभियानप्रति नागरिकले अभूतपूर्व समर्थन र ऐक्यबद्धता व्यक्त गरेको बताउनुभयो । सो समाजले तेस्रो चरणको जागरण सभा जेठ महिनाको अन्तिम सातादेखि प्रारम्भ गर्ने बताएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget