सिरहा, जेष्ठ ९ गते।
सिरहाको लहानमा आज निर्माणाधीन घरको पर्खाल भत्किंदा एक जनाको मृत्यु भएको छ।
लहान नगरपालिका ७ स्थित बनु पासवानको निर्माणाधीन घरको पर्खाल लडेर किच्दा सोही घर निर्माणमा खटिएका मिस्त्री भारत जयनगर ११ बस्ने ५० वर्षिय बसन्त पासवानको उपचारकालागी रा.उ. स्मारक अस्पताल लैजानेक्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
घटनास्थलमा प्रहरी चौकी लहानबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया सम्पन्न गरीएको छ भने मृतकको शव सोही अस्पतालको शव गृहमा राखिएको छ।