Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

लागुऔषध मुद्दाका फरार पक्राउ

राजविराज, ५ जेठ । लागुऔषध मुद्दाका फरार एक व्यक्तिलाई प्रहरीले सोमबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको काचन गाविस–७ निवासी ३६ वर्षीया दीपेन्द्र यादव रहेको प्रहरीले जनाएको छ ।

नौ महिनादेखि फरार यादवलाई इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले गोप्य सूचनाका आधारमा घरबाटै पक्राउ गरेको प्रहरी निरीक्षक सूर्यनारायण यादवले बताउनुभयो । पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको बताइएको छ ।

यसैगरी, भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको २५ केजी सुपारी र चार बन्डल शिखर चुरोटसहित एक भारतीयलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीको टोलीले सप्तरीको सिम्राहासिग्यौनबाट सो सुपारी र चुरोट बरामद गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।

सो सुपारी ओसार–पोसार गर्ने भारतको मधुवनी ग्राम पञ्चायत लदनिया–४ का ५२ वर्षीय महेश्वरप्रसाद साह पक्राउ परेका छन् । सुपारी, चुरोट र ती भारतीय नागरिकलाई भन्सार कार्यालय राजविराजमा बुझाइएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget