संखुवासभा, जेष्ठ ५ गते।
संखुवासभाको पावाखोला गाविसस्थित कास्वा खोलामा आएको बाढीले बगाएर एक पुरुषको मृत्यु भएको छ।
पावाखोला
गाविस ९ स्थित अलैची बारी फाँड्न जानेक्रममा कास्वा खोलामा आएको बाढीले
बगाएर सोही गाविस ८ बस्ने ५६ वर्षिय कवि राज गुरुङको मृत्यु भएको जानकारी
आज बिहान १० बजे इलाका प्रहरी कार्यालय हेदाङनामा प्राप्त भएको हो।
घटनास्थलमा प्रहरीको टोली खटि गई बुझ्ने कार्य भइरहेको उक्त कार्यालयले जनाएको छ।