Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

जवरजस्ती करणी सम्बन्धी झुठा मुद्धा पेश गर्नेलाई जरीवाना

ओखलढुंगा १० जेठ । जवरजस्ती करणी सम्बन्धी झुठा मुद्धा पेश गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यलय ओलढुंगाले जरीवाना गरेको छ । २०७२ बैशाख ३० गते जिल्ला अदालत ओखलढुंगामा जवरजस्ती करणी सम्बन्धी झुठा मुद्धा दर्ता गराउने दियाले गाबिसका आई कुमारी ( नाम परिवर्तित) लाई रु २ हजार रुपौया जरीवाना गरेको हो ।
उनले एस एल सी दिन बसेका बेला जवरजस्ती करणी गरेको भन्दै ठुलाछाप ४ निशंखेका दिनेश बस्नेत बिरुद्ध २०७२ बैशाख २९ गते जिल्ला अदालतमा मुद्धा दिएका थिए । स्थानिय कृष्ण बहादुर कटुवालको घरमा परिक्षा दिन बसेका उनलाई २०७२ बैशाख २२ गते साझ जबरजस्ती गरको जाहेरीमा उल्लेख गरिएको थियो ।
उजुरीपछि पक्राउ परेका कटुवाललाई अदालतले मुद्धा झुटा भएको ठहर गरेपछि सफाई दिएको छ । यस्ता खालाका फैसलावाट आगामि दिनमा दर्ता हुने झुठ्ठा मुद्दा तथा दरखास्त दिने प्रवृत्ति कम हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पछिलो चरणमा पुरानो रिसिवि एवंम प्रतिशोधका कारण षडयन्त्रण,जाल झेल गरी झुठा उजुरी ल्याउने र मुद्दा दर्ताको लागी विभिन्न शक्ति केन्द्रहरुको पनि दवाव आउने गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुगाका प्रमुख नायव उपरीक्षक दिपेन्द्र शाहले बताउनु भयो । यस्तो प्रवृतिले निर्दोषले अनाहकमा दुख्ख पाउने भएकाले सत्य तथ्य छानबिन गरी दोषी माथि कार्बाही गर्ने उहाँको भनाई छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget