Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

दुर्घटना न्युनिकरण गर्न रोड सुरक्षा कार्यक्रम संचालन


कुमोद अधिकारी
विराटनगर जेठ १३  ।  रेडक्रस सोसाइटी मोरंङले दुर्घटना न्युनिकरणगर्न रोड सुरक्षा कार्यक्रम संचालन गरेको छ । राजर्माग लगायत आसपासका क्षेत्रमा सवारी दुर्घटना भइ तत्काल घाइतेलाइ पहिलो उपचार प्रारम्भगरी  सहज रुपले विरामीलाइ अस्पतालसम्म पु¥याउन रोड सुरक्षा कार्यक्रम संचालन गरिएका जिल्ला रेडक्रस मोरंङका अध्यक्ष सुवोध सिंहले बताउनुभयो ।
 कार्यक्रम अन्र्तगत मोरंङ जिल्लामा २ सयभन्दा वढि स्थानमा स्वयम सेवक परिचालन गरिएको छ । वढदो सवारीे चापका कारण  दुर्घटना वढन थालेपछी रेडक्रसले जिल्लामा रोड सुरक्षा अभियान संचालन गरेको हो ।  
रेडक्रसले विराटनगर देखी उर्लावारीका सडकहरु स्ंवयसेवक परिचालन गरिएको जनाएको छ  । उनीहरुलाइ दुर्घटना न्युनिकरणको  तालिम दिएर सडक आसपास परिचालन गरिएको सिंहले बताउनुभयो ।  परिचालन संयमसेवकहरु तत्काल  घटना स्थले पुगेर विरामीको उद्धार गर्ने कार्यमा जुटने छन ।
 कार्यक्रम अन्र्तगत राजमार्गक्षेत्र अन्र्तगतपर्ने उर्लावारीमा २४ जना, वेलावरीमा २४, विराटनगरमा २४ तथा विराटचौकमा २४ जना ट्रेनर उत्तपादन गरेको रेडक्रसले जनाएको छ ।
उत्तपादन भएका ट्रेनरहरुले पुर्व पश्चिम राजमार्ग तथा हुलाकी राजमार्ग छेउछाउका स्कुल , कलेज लगायत विभिन्न समुदायमा दुर्घटना न्युनिकरण सम्वन्धि तालिम र जनचेतना फैलाउने काम गरिरहेको सिंहको भनाइ छ । यसैगरी रेडक्रस सोसाइटी मोरंङले रोड सुरक्षा कार्यक्रमसंगै ट्रफिक प्रहरीको सहयोगमा विभिन्न कार्यक्रम समेत गर्दै आएको जनाएको छ ।  

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget