जेठ १८ भोजपुर
गणतन्त्र दिवसको अवससरमा आईतबार भोजपुरमा मन्दिर सरसफाई तथा झुल वितरण गरिएको छ ।
आईतबार विहान भोजपुरको सिद्धकाली मन्दिर परिसर हुँदै सातधाराबाट शनिवारे हाट सम्म सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थीत राजनितिक दल, नागरिक समाज, उद्योग बाणिज्य संघ, नेपाली सेना, जनपथ तथा शशस्त्र प्रहरी सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई झुल समेत वितरण गरिएको थियो । ३ दिनसम्म मनाइएको गणतन्त्र दिवसको सबै साँझ सरकारी कार्यालय तथा नागरिकले घरघरमा दिप प्रज्वलन गरेका थिए । शनिवार र्याली निकाल्नुका साथै सहिदहरुको शालिकमा माल्यार्पण समेत गरिएको थियो ।