विराटनगर १० जेठ । खवास महिलाहरुको संगठन खवास महिला समाजको प्रथम केन्द्रिय महाधिवेशनले सांसद भुटनीदेवी खवासको अध्यक्षतामा २२ सदस्यिय केन्द्रिय कार्यसमिति चयन गरेको छ ।
मोरङ्गको बैजनाथपुरमा हिजोदेखी जारी महाधिवेसनले खवासको अध्यक्षतामा बाइस सदस्यिय कार्यसमिति गठन गरेको हो । आईतवार मोरङ्गको वैजनाथपुरमा पत्रकार सम्मेलनगरी खवास महिला समाजले केन्द्रिय कार्यसमितिको चयन सर्वसम्वतरुपमा सम्पन्न भएको जानकारी दिएको छ । नेपालको पूर्वी क्षेत्र झापा,मोरङ्ग ,सुनसरी र पश्चिम तर्पm मकवानपुरमा रहेका खवास महिलाहरु महाधिवेशनका लागी मोरङ्गमा भेला भएका थिए । विजयी सासद भुटनीदेवी खवासले जातीय विभेदमा परेका महिलाहरुको न्यायका लागी काम गर्ने प्रतिक्रिया दिनु भएको छ ।