Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

प्रधानमन्त्री ओलीले थप्पडी मार्दै भने ‘ट्रेलर राम्रो लाग्यो’

काठमाडौं । चलचित्रसँग सम्बन्धि कार्यक्रममा बिरलै उपस्थित हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मको पोष्टर रिलिज गरे ।
ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ को पोष्टर हेरेपछि थप्पडी मार्दै प्रधानमन्त्री ओलीले भने ‘ट्रेलर राम्रो लाग्यो ।’ कार्यक्रममा संस्कृतिमन्त्री आनन्द पोखेरलेलगायत अन्य मन्त्री भिआइपीहरुको उपस्थिती थियो ।
अन्तराष्ट्रिय बौद्ध सम्मेलनको अवसरमा होटल सोल्टीमा आयोजित विषेश कार्यक्रममा स्वदेशी एवं विदेशी पाहुनाहरुलाई चलचित्र देखाइएको थियो । चलचित्र हेरिसकेपछि दर्शकले स्यावासी दिएको नायक रमितले बताए । ‘हाम्रो फिल्म हेरेर पाहुनाहरु धेरै खुसी हुनु भयो ।’ अनलाइनखबरसंग कुरा गर्दै रमितले भने ।
बुद्ध नेपालमा जन्मेको भए पनि अमेरिका लगायत अन्य कतिपय मुलुकको विश्वविद्यालयमा बुद्ध भारतमा जन्मेका हुन् भनेर पढाइएको पाईकाले उक्त भ्रम चिर्नका लागि फिल्म बनाएको रमितको दाबी थियो ।
यस चलचित्रमा रमित ढुंगाना, अमित ढुंगाना, आशिष्मा नकर्मी लगायतका कलाकारले अभिनय गरेका छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget