Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सुनसरीको हरिपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु, अर्का एक घाइते

सुनसरी, जेष्ठ ६ गते।
पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको हरिपुर २ मा बुधबार राती ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन।
पूर्वबाट पश्चिमतर्फ जादै गरेको ना ४ ख १९८० नम्बरको ट्रकले विपरित दिशाबाट आउदै गरेको स ३ प ८६३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल पछाडी सवार सिरहा नगरपालिका १० बस्ने २० वर्षिय रोहित प्रसाद गुप्ताको घटनास्थलमै मृत्यु भएको सिमा प्रहरी चौकी भाण्टाबारीले जनाएको छ।
ट्रकको ठक्करबाट मोटरसाइकलका चालक सोही नगरपालिका १० बस्ने २० वर्षिय उमेश पंडितको हात भाच्चिएकोले उपचारकालागी जिल्ला अस्पताल सुनसरी लगिएको छ। ठक्कर दिने ट्रक तथा चालकलाई सिमा प्रहरी चौकीले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget