मोडलिङ क्षेत्रमा प्रबश गर्दै
ईटहरी २ जेष्ठ । हालै इटहरी सुनसरीमा बस्तै आएका डिकेन्स खनाल मोडलिङ क्षेत्रमा प्रबश गर्दैछन । १७ बर्षका उनि अहिले भने बिश्व आर्दश कलेजमा ११ मा अध्ययन गर्दै छन । उनले कक्षा १० सम्मको शिक्षा भने बिराटनगर स्थित सगरमाथा हाइयर सेकेन्डरी बोडिङ स्कुल बाट हासिल गरेका हुन ।
सामान्य परिवारमा जन्मेका खनाल अहिले इटहरीमा बस्छन । नेपाली मोडलिङ क्षेत्रमा भिन्नै एउटा छाप छोड्ने कोशिसमा रहेका खनाल संगितमा पनि उत्तिकै रुचि देखाउछन । कक्षा ११ मा पढदै गरेका उनि पढाइ संगसंगै मोडलिङ करीयरलाई अगाडि बढाउने तरखरमा छन । उनि भन्छन मोडलिङ क्षेत्रमा पुरुष भन्दा महिला धेरै माथि छन । जसका कारण पुरुष हरु पनि उत्तिकै माथि आउनु जरुरी छ । सक्षम घाई र आयुस्मान देशराज श्रेष्ठबाट प्रभाबित भएका खनाल मोडलिङ क्षेत्र बारे बुझ्दै आएका हुनाले पनि उनालाई सजिलो महशुस भएको उनि बताउछन । उनि के भन्छन भने मोडलिङ क्षेत्रमा आउनु अघि यस क्षेत्र बारे राम्ररी बुझ्नु जरुरी छ । र आउदा बुझेर मात्र आउन आग्रह गर्छन । उनको उद्धेश्य भने नेपाली माडलिङ क्षेत्रलाई बिश्व सामु पु¥याउनु हो, र देशलाई यो क्षेत्रबाट चिनाउनु हो ।
पुर्वाञ्चल कै लोकप्रिय रेडीयो नमस्ते एफ एम मा कार्यरत खनालले फुर्सदको समयमा गीत कम्पोज पनि गर्ने गर्दछन । उनलाई हिपहप र आर एण्ड बी गित मन पाराउने बताउछन । सबै संग मिल्ने सोभाबका उनि मोडलिङ क्षेत्रमा भिन्नै पहिचान बनाउन अघि बढेका छन । उनलाई मन पर्ने ठाउ पोखरा हो । मन पर्ने कलाकारमा गौरब पहाडी अनमोल केसी, आयुस्मान जोशी र श्रीष्टी श्रेष्ठ हुन । हाम्रो तर्फ डिकेन्सलाई सफलताको शुभकामना ।