सिरहा,१६ जेष्ठ । सिरहाको गोलबजार नगरपालिका ६ स्थित श्रीसागर ईट्टा उधोगको पर्खाल भत्किंदा दुई जना कामदारको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन।
बिहान करिब ०७१५ बजेको समयमा उधोग भित्र रहेको ईट्टा पोल्ने भट्टामा लगाइएको पर्खाल भत्किंदा ईट्टाले थिचेर सोही उधोगमा काम गर्ने भारत बिहार घर भएका अन्दाजी ६० वर्षिय असलफुल अलि र सोही ठाउँकी ३४ वर्षिया हरिमा मुसलमानको उपचारकाक्रममा बिहान ०८०० बजे रामकुमार शारडा उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
पर्खालले थिचेर भारत बिहार घर भएकी २५ वर्षिया राईना मुसलमान र सोही ठाउँकी ३५ वर्षिया समस्तो मियाँ गम्भीर घाइते भएकीले उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
अर्का सामान्य घाइते २९ वर्षिय ममिरुल मियाँको रा.उ. अस्पताल लहानमा उपचार भइरहेको छ।