आफ्नो गृहजिल्ला दार्चुलाको ग्वानी गाविस–४ मा निर्माण भएको शैल्य शिखर प्रवेशद्वार तथा पदमार्गको सोमबार उद्घाटन गर्नुहुँदै उहाँले सो धारणा राख्नुभएको हो ।
जिल्लामा थुप्रै धार्मिक एवम् ऐतिहासिक स्थल भएको भन्दै उहाँले यस्ता क्षेत्र पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गरी जिल्लाको आर्थिक गतिविधि बढाउन सकिने बताउनु भयो । उहाँले भन्नुभयो, “राष्ट्रकै साताँै धामको रुपमा चिरपरिचित शैल्य शिखर मालिकार्जुन मन्दिरसमेत यस जिल्लामा रहेकाले हिन्दूको प्रमुख धामका रुपमा विकास गरिनुपर्दछ ।”
जिल्लाको समग्र विकास निर्माणका लागि सबै एकजुट हुनुपर्ने बताउँदै उहाँले जिल्लाको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।