Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

भूपेन्द्रको लगातार चौथो जित


उर्लावारी ,११ जेष्ठ ।क्यान्डिडेट मास्टर भूपेन्द्र निरौला शनिबार चौथो डिफेन्डिङ च्याम्पियन केशव श्रेष्ठलाई हराएर १९ औं राष्ट्रिय चेस च्याम्पियनसिपको शीर्षस्थानमा पुगेका छन् ।
तेस्रो चरणको खेलमा सर्लाहीका कमल श्रेष्ठलाई पराजित गरेका निरौलाले शतप्रतिशत जितसहित चार अंक जोडेका छन् । सजिन महर्जन ३.५ अंकसाथ दोस्रो स्थानमा छन् । तेस्रो चरणमा फिडे मास्टर मनीष हमाललाई बराबरीमा रोकेका सजिनले चौथो चरणको स्पर्धामा राष्ट्रिय एमेच्योर च्याम्पियन क्षितिज भण्डारीलाई पराजित गरे ।


आर्मी क्लबका हिमाल लामा, पुलिसका पुरुषोत्तम चौलागाईं, पूर्वराष्ट्रिय च्याम्पियन नवीन तण्डुकार र फिडे मास्टरहरू मनीष हमाल, विलमलाल श्रेष्ठ र सुजेन्द्रप्रसाद श्रेष्ठले ३–३ अंक जोडेका छन् । आर्मीका हिमाल तेस्रो चरणमा फिडे मास्टर सुजेन्द्रसाग बराबरीमा रोकिए भने चौथो चरणमा कमल श्रेष्ठलाई हराउन सफल भए ।
पुरुषोत्तमले तेस्रो तथा चौथो चरणमा क्रमश: काठमाडौंका भगवतीप्रसाद शर्मा तथा ललितपुुरका बाबुराजा महर्जनलाई हराए ।
विलमलालले तेस्रो चरणमा क्यान्डिडेट मास्टर रिजेन्द्र राजभण्डारीमाथि जित हात पारे भने सुजेन्द्रले चौथो चरणमा भक्तपुरका विकास कुलुजुलाई पन्छाएका थिए । केशव श्रेष्ठ, रिजेन्द्र राजभण्डारी, क्षितिज भण्डारी, ललितपुरका रवीन्द्र शाक्य, झापाका प्रकाश नेपाल र एपीएफ क्लबका सुमित पन्तले समान २.५ अंक जोडेका छन् ।
चौथो महिला राष्ट्रिय चेस च्याम्पियनसिपतर्फ मोनालिसा खम्बु र अस्मिता अधिकारीले समान ३.५ अंक हासिल गरेका छन् । पूर्वच्याम्पियन मोनालिसाले चौथो चरणमा गतवर्षकी विजेता विना जैसवाललाई पराजित गरिन् भने अस्मिताले सिन्दिरा जोशीमाथि जित हात पारिन् । सिन्दिरा, वुमन क्यान्डिडेट मास्टर सुरुची थिङको ३–३ अंक छ ।
एपीएफका शान्ता थापा, विना जैसवाल तथा संगीता जैसवालले समान २.५ अंक बनाएका छन् । विशेखा जैसवाल, आभा पुडासैनी, अनिशा न्यौपाने, सुजना लोहनी र अञ्जु शाह २–२ अंकमा छन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget