Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

काभ्रेमा भूकम्पपछि आत्महत्या गर्ने बढ्दै

Barpak earthquake center  of nepal (बारपाक) (14)जेठ, बनेपा। भूकम्पपछि काभ्रेपलाञ्चोकमा आत्महत्या गर्नेको सङ्ख्या बढेको छ ।  घरेलु हिंसा, आर्थिक तथा मानसिक समस्या, घरायसी झैँझगडा, गरिबी र अशिक्षाका कारण धेरैले आत्महत्या गर्ने गरेको प्रहरी अनुसन्धालले देखाएको छ ।
“घरेलु मदिरा सेवन गरेर महिलामाथि हिंसा हुने गरेको र प्रहरीमा उजुरी दिन आउँदा समाजका केही व्यक्तिले मिल्न दबाब दिने गरेको पाइएको छ” – जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले भने ।
प्रहरीले दिएको तथ्याङ्कअनुसार जिल्लामा आव २०७०/७१ मा ९५ जनाले, आव २०७१/७२ मा १०४ र आव २०७२/७३ मा ७१ जनाले आत्महत्या गरेका छन् ।
आत्महत्या गरेकामध्ये अधिकांशले झुन्डिएर र विष सेवन गरेर आत्महत्या गरेका छन् भने केहीले हाम फालेर, करेन्ट लगाएर, डुबेर पनि आत्महत्या गर्ने गरेका छन् ।
“आत्महत्या रोक्न परामर्श र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौँ” – प्रहरी उपरीक्षक बाँस्तोलाले भने ।
तर जिल्लामा जबर्जस्ती करणी (बलात्कार) का घटना तीन आर्थिक वर्षमा घटेको देखिएको छ । आव २०७०/७१ मा २२, आव २०७१/७२ मा १७ र आव २०७२/७३ मा १४ वटा जबर्जस्ती करणीका मुद्दा प्रहरीमा दर्ता भएका छन् ।
त्यस्तै जबर्जस्ती करणी उद्योगमा आव २०७०/७१ मा नौ, आव २०७१/७२ मा १५ र आव २०७२/७३ मा नौवटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget