मोरङ,११ जेठ । मोरङको राजघाट स्थित दुर्गापुरी बजारका युवा उद्यमीहरूले सडक वत्ती जडान गरेका छन् । सडक बत्ती जडान अभियान गर्ने अभियान सुरु भएपछि दुर्गापुरी बजार उज्यालो झलमल्ल भएको छ । बजारको दुई किलोमिटर वरिपरि सोलार बत्ती राख्ने अभियानमा बैदेशिक रोजगारमा गएका युवाहरूले सहयोग गरेको स्थानिय तेजन खड्काको भनाई छ ।
बजारको एक किलो मिटर क्षेत्रमा सोलार जडान गर्ने काम सम्पन्न भएको अभियानका अध्यक्ष हेमराज गुरुङको भनाई छ । थप एक मिलो मीटर समेत सोलार बत्ती जडान गर्ने तयारी भईरहेको बताईएको छ। राजघाटको दुर्गापुरीबाट बैदेशिक रोजगारीका लागी हङकङ जानु भएका रुक्मान नाल्वाले ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्नु भएको थियो । बजारमा सडक बत्ती राखेपछि दुब्र्यसनीहरूको गढ भत्किएको राजघाट प्रहरी चौकीले जनाएको छ ।
सो प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक प्रेमकुमार जिमीका अनुसार राति धेरै समय सम्म लोडसेडिङ हुँदा अपराधि पक्राउ गर्न समेत समस्या भएको थियो । सोलार जडान पछि राजघाटको सुरक्षामा हुने एउटा चुनौति समाप्त भएको जिमीको भनाई छ ।