Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

लिम्बूको झ्यालबाट खसेर ज्यान गयो

ताप्लेजुङ, जेठ ११ । 
 
ताप्लेजुङ नगरपालिका-१ स्थित एक घरमा पाहुना आएका झापा निवासी नरेन्द्र लिम्बूको गए राति कोठाको झ्यालबाट खसेर ज्यान गएको छ ।  खड्क केदेमको घरमा डेरा गरी बस्ने आफन्त सञ्जय केदेमको कोठामा आएर बसेका दुधे-१ का अन्दाजी ३५ वर्षीय लिम्बूको राति बाहिर निस्कने क्रममा झ्यालबाट खसेर घाइते भई उपचारकै क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा ज्यान गएको प्रहरीले जनाएको छ । 
 
प्रहरीका अनुसार खानपिन पछि लिम्बू कोठामा गई सुतेको र राति शौच गर्न निस्कने क्रममा झ्यालबाट तीन तलामुनिसम्म खसेर घाइते भएका थिए । बाहिर निस्कने क्रममा उनी अचानक झ्यालबाट खसेका हुन् । उनी खसेको थाहा पाउनासाथ आफन्तले उपचारका लागि अस्पताल र्पुयाए पनि उपचारकै क्रममा राति नै निधन भएको जनाइएको छ ।   

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget