Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

मान्छे बन्नका लागि कहिलेसम्म आन्दोलन गर्ने ?– कांग्रेस नेता स्नेही

प्रकाश धौलाकोटी

प्रकाश धौलाकोटी
तेह्रथुम, १ जेठ । नेपाली कांग्रेसका युवा नेता प्रकाश स्नेहीले नेपाली दलितहरुले मान्छे बन्नलागि निरन्तर संघर्ष गरिरहनु परेको बताएका छन् । संविधानले पटक पटक राष्ट्रलाई विभेदमुक्त बनायो, तर व्यवहारमा अझै कायम छ, दलितहरुले मान्छे बन्न अब कहिलेसम्म आन्दोलन गरिरहने ? उनले प्रश्न गरे ।
पुर्वी नेपालमा कार्यकर्ता भेटघाटका क्रममा रहेका नेपाल दलित संघका पुर्व केन्द्रिय महासचिव समेत रहेका स्नेहीले शनिबार तेह्रथुमको म्याङलुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अझै पनि दलितहरु बिभेद र अन्यायको सिकार बनिरहेको गुनासो गरे ।
छुवाछुत लगायत दलित समुदायमाथिको विभेद आम दलितहरुको मात्र समस्या नभई गैरदलितहरुको पनि समस्या भएको बताउँदै उनले अब विभेदलाई चिर्न आम नेपालीहरुले विभेदको विरुद्धमा कदम चाल्नुपर्ने धारणा राखे । नेता स्नेहीले जातीय विभेद र बहिष्करणको अन्त्यकालागि दलित समुदायकालागि शिक्षा मार्ग निर्देशक बन्न सक्ने बताए । उनले दलितहरुलाई निःशुल्क र आधुनिक, बैज्ञानिक तथा प्राविधिक शिक्षाको व्यवस्था राज्यले गर्नुपर्ने माग गरे । नेता स्नेहीले दलितहरुको अधिकार स्थापित गर्न दलितहरुको राजनीतिक पहुँचमा वृद्धि गराउन राजनीतिक दलहरुले समेत समानुपातिक र युवा दलितहरुको सहभागिता बढाउनु जरुरी रहेको बताए ।
कार्यक्रममा कांग्रेस जिल्ला सभापति गोविन्द ढुंगानाले दलित समुदायको अधिकार सुनिश्चितताकालागि आफु सदैव लागिरहेको धारणा राखे । कार्यक्रममा दलित संघका केन्द्रिय सदस्य गोविन्द दर्नाल, कांग्रेस जिल्ला सचिव सन्तोष सुब्बा, दलित संघकी जिल्ला सचिव जमुना बर्देवा लगायतले धारणा राखे । कार्यक्रममा जिल्लास्थित कांग्रेस नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget