Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नेपालकै पहिलो धर्म परिवर्तनमुक्त टोल घोषणा

विराटनगर ६जेठ  नेपाल मै पहिलोपटक दाङको घोराही नगरपालिका ११ इन्द्रेणी टोललाई धर्म परिवर्तनमुक्त टोल घोषणा गरिएको छ । घोषणा कार्यक्रम भने यही जेठ ४ गते सोमवार गरिएको हो । प्राप्त जानकारी अनुसार हिन्दु जागरण नेपालका केन्द्रीय अध्यक्ष रामकृष्ण उपाध्यायले ‘धर्म परिवर्तन मुक्त क्षेत्र’ लेखिएको बोर्डको उदघाटन गरेका छन् । 

 टोलको उत्तर र दक्षिणमा बोर्ड राखिएको छ । इन्द्रेणी टोलमा ६० घर परिवार छन् ।
कार्यक्रममा हिन्दु जागरण नेपालका केन्द्रीय अध्यक्ष उपाध्यायले धर्म परिवर्तन मुक्त क्षेत्र घोषणा गर्ने कार्य नेपालमा पहिलो भएको बताए । साथै यसलाई निरन्तरता दिनुपर्ने उनले धारणा राखे । देशमा आयातित धर्म आबश्यक नरहेको तर्क पेश गरेका थिए । हिन्दु धर्म बचेमात्र देश बच्ने भन्दै उनले धर्मको रक्षामा लाग्न सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरे ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget