अस्पतालको इन्डोक्राइनोलोजी तथा डायबेटोलोजी विभागमा जेष्ठ महिनाभर हरेक बुधवार अर्थात् जेष्ठ ५ गते, १२ गते, १९ गते र २६ गते इन्डोक्राइनोलोजिष्ट तथा डायबेटोलोजिष्ट डा. सन्देश पन्थीसँगको निःशुल्क परीक्षणसँगै युरिन डिपिष्टिक तथा ग्लुकोमिटरको परीक्षणसमेत निःशुल्क गर्न सकिने अस्पतालले जनाएको छ ।
अस्पतालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समयसमयमा यस किसिमका निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमहरु सञ्चालन गर्दै आएको सञ्चार तथा जनसम्पर्क प्रवन्धक विनोद अधिकारीले जानकारी दिनुभयो ।