Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

इनरुवा साक्षर नगर घोषणा हुदै

इनरुवा, १२ जेठ । सुनसरीको सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकालाई जेठ १४ गते साक्षर नगर घोषणा गरिने भएको छ ।

घोषणा कार्यक्रमको पूर्वसन्ध्यामा मङ्गलबार नगर क्षेत्रका विभिन्न वार्डको अनुगमन गरिएको छ । जिल्ला शिक्षा कार्यालय सुनसरी, नगरपालिका र स्थानीय नवयुग बहुउद्देश्यीय सामुदायिक अध्ययन केन्द्र बलाहाले संयुक्तरुपमा अनुगमन गरेको हो ।

नगर क्षेत्रका १० वटै वडामा गएर केही घरधुरीमा अन्तिम अनुगमन गरेको जिल्ला शिक्षा कार्यालयका टेकनाथ रेग्मीले जानकारी दिनुभयो । अनुगमनका क्रममा ९६ प्रतिशतले लेखपढ गर्नसक्ने अर्थात् साक्षर व्यक्ति रहेको पाइएको अध्ययन केन्द्रका अध्यक्ष खेमराज पोख्रेलले जानकारी दिनभुयो ।

अनुगमन टोलिमा जिल्ला शिक्षा कार्यालयका टेकनाथ रेग्मी, छवि खडका, नेपाली काँग्रेसका प्रमोद पोखरेल, नेकपा माओवादी केन्द्रका राम कोइराला, नेकपा (एमाले)का श्यामदेव मेहता, नेपाल पत्रकार महासङ्घका सभासद् जयकृष्ण यादव लगायतको सहभागिता थियो ।

अनुगमनमा घरधुरी, घरको मुली, परिवार सदस्य सङ्ख्या, साक्षर व्यक्ति, निरक्षर व्यक्ति, १५ वर्ष मुनिको उमेर समूह तथा ६० वर्षभन्दा माथि उमेर समूहका व्यक्ति लगायतको विषयमा सर्वे फारमसमेत भरिएको बताइएको छ ।

सरकारको मापदण्डअनुसार ९५ प्रतिशत व्यक्ति साक्षर रहेको अवस्थामा साक्षर गाउँ, नगर तथा जिल्ला घोषणा गर्नसक्ने व्यवस्था रहेको छ । सो मापदण्डअनुसार इनरुवा नगरपालिकामा साक्षर व्यक्ति ९६ प्रतिशत रहेकाले साक्षर नगर घोषणाका लागि उपयुक्त रहेको जिल्ला शिक्षा कार्यालयका साक्षरता तथा अनौपचारिक शाखा हेर्ने अधिकृत टेकनाथ रेग्मीले बताउनुभयो ।

जनश्रमदानसहित बाटो निर्माण

यसैबीच, सुनसरीको बबिया गाविस–४ मा स्थानीयवासीको जनश्रमदान र गाविसको सहयोगमा करिब २०० मिटर बाटो निर्माण गरिएको छ ।

बबिया गाविसको ५० हजार रुपैयाँ आर्थिक सहयोग र स्थानीयवासीको १० हजार रुपैयाँ तथा चार दिनको जनश्रमदानमा बाटो निर्माण भएको हो । बबिया–४ का निवर्तमान वडा सदस्य जसलाल यादवको नेतृत्वमा बनेको उपभोक्ता समितिले सो बाटो निर्माण गरेको हो । स्थानीय २२ घरपरिवारको संयुक्त बाटोमा वर्षाको बेलामा हिलो हुने भएकाले गाविसले एकीकृत योजना तर्जुमाबाट पारित गरेको बजेट र स्थानीय शिक्षक तथा समाजसेवी देवकृष्ण यादवसहितको जनश्रमदानमा बाटो निर्माण गरेको गाविसले जनाएको छ ।

उपभोक्ता समितिले काम गर्दा गुणस्तरीय र अनुमान अनुसारको राम्रो तथा प्रभावकारी काम गर्न सकिने उदाहरणसमेत प्रस्तुत गरेको समितिका सदस्य विनोद यादवले जानकारी दिनुभयो । गाविसले अन्य वडामा समेत रु ५० हजारदेखि दुई लाखसम्मको बाटो निर्माण तथा ग्राभेलको काम धमाधम भइरहेको गाविसका सचिव नेत्र न्यौपानेले जानकारी दिनुभयो ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget