Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

हेर्नुहोस, नारीको सम्मान भन्दै तेश्रो लिङ्गी बनेका हमालको 'शकुन्तला' टिजर (भिडियो)

महानायक राजेश हमाल तेश्रो लिङ्गी बनेको फिल्म 'शकुन्तला'को अफिसियल टिजर सार्वजनिक भएको छ । टिजरमा यस्ता केहि संवाद छन् जुन संवादले हमालले नारीको रुप धारण किन गरे भन्ने प्रष्टिन्छ । 
 
 
'मेरो यो लुक्स सम्पुर्ण नारीहरुको सम्मान हो', टिजरमा हमालको यो सवाद समावेश छ । त्यसो त सुटिङको केहि तश्विर सार्वजनिक हुँदाको समयदेखि नै हमालको फरक गेटअपका कारण फिल्म चर्चामा छ ।
 
दिनेश श्रेष्ठ निर्देशित फिल्मलाई भदौ १० मा रिलिज गर्ने तयारी स्वरुप प्रचार थाल्दै निर्माण टिमले टिजर आउट गरेको मिडिया संयोजक दिनेश सिटौलाले बताए ।
 
फिल्म 'शकुन्तला'मा हमालसँगै अनु शाह, किशोर खतिवडा, स्मृति श्रेष्ठ, रविन्द्र वस्नेत लगायत अभिनयमा छन् । महेश्वर खत्री र श्रृप्सा खत्री फिल्मका निर्माता हुन् ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget