Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

ताप्लेजुङमा गोदामबाटै अलैँची चोरी

ताप्लेजुङ, ७ जेठ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा गएराति गोदामबाटै तीनबोरा अलैँची चोरी भएको छ । ताप्लेजुङ नगरपालिका–४ मा पर्ने तोक्मे बजारस्थित गणेश सेनेहाङको घर गोदाममा अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका पूर्वअध्यक्ष खड्क मोक्तानले थन्क्याएर राखेको अलैँची चोरी भएको हो । गोदामको चाबी मिलाएर राति नै चोरी भएको मोक्तानले बताउनुभएको छ । उहाँका अनुसार तीन बोरामा १८० किलोग्राम तौल हुन्छ । चोरी भएको बिहान मात्रै थाहा पाएपछि प्रहरीलाई खबर गरिएको मोक्तानले बताउनुभयो । जिल्ला प्रहरी कार्यलयका अनुसार चोरी गर्नेको खोज अनुसन्धान भइरहेको छ । अहिलेको बजार भाउमा उक्त परिमाणको अलैँचीको मूल्य रु तीन लाख ६० हजारभन्दा बढी पर्न आउँछ । 

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget