Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

नेविसंघलाई देउवाको सुझाव- मलाई आक्षेप लगाएर केही हुँदैन,

युवालाई आकर्षण गर्नुस् 'नेविसंघको महाधिवेशन अब रोकिनेवाला छैन'

काठमाडौं , १८  जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै मितिमा नेविसंघको महाधिवेशन हुने बताउनुभएको छ। समयमा नै अधिवेशन नहुदा ५० वर्षका ब्यक्तिहरु पनि नेविसंघमै रहनुपर्ने अवस्था रहेको भन्दै उहाँले अब महाधिवेशन नरोकिने बताउनुभयो ।



नेविसंघको ११ औं महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम निर्माणका निम्ति आयोजित उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रम उदघाटन समारोहलाई आइतबार राजधानीमा सम्बोधन गर्दै देउवाले भन्नुभयो, ‘अब कुनै पनि हालतमा नेविसंघको महाधिवेशन रोकिनेवाला छैन ।’

देशको जिम्मेवारी नेविसंघमा आएको बताउँदै उहाँले सबै क्याम्पसलाई नेविसंघमय बनाउन निर्देशन पनि दिनुभयो । पार्टी नेतृत्वलाई आक्षेप लगाउनुभन्दा युवापुस्तामा नेविसंघप्रति आकर्षण बढाउनेतर्फ लाग्न उहाँले कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

‘म त तीनपटक प्रधानमन्त्री भइसकें अब जतिसुकै आक्षेप लगाउनुस् केही हुनेवाला छैन,’ नेविसंघका पूर्वअध्यक्षसमेत रहनुभएका कांग्रेस सभापति देउवाले भन्नुभयो, ‘तपाईंहरुको टाउकोमा आइसक्यो देश । सबै क्याम्पसलाई नेविसंघै नेविसंघ बनाउनुस् । बढीभन्दा बढी नयाँ पुस्तालाई आकर्षण गर्नुस् ।’

नेविसंघले काठमाडौं उपत्यकाबाट सुरु गरेको प्रशिक्षण कार्यक्रम सातवटै प्रदेशमा हुनेछ । उपत्यकाका नेविसंघ कार्यकर्ताहरुको बन्द प्रशिक्षण बुधबार बिहान ललितपुरको एक पार्टी प्यालेसमा हुनेछ । त्यहाँ डा। प्रकाशशरण महत, डा। मिनेन्द्र रिजाललगायत नेताहरुले प्रशिक्षण दिनेछन् ।

यसैगरी २२ र २३ गते चार नम्बर प्रदेशको प्रशिक्षण नवलपरासीमा हुने नेविसंघ प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । असार १५ गतेभित्र प्रशिक्षण कार्यक्रम सक्ने लक्ष्य नेविसंघले लिएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget