ईरिक्सा दर्ता खुल्ला
विराटनगर १४ जेष्ठ । १३ महिना देखि रोकिएको ईरिक्सा दर्ता प्रक्रिया आईतवार देखि सुरु हुने भएको छ । आन्दोलनमा रहेका ईरिक्सा चालक र उपमहानगरनगरपालिका विच आज सहमति बनेपछि दर्ता सुरु हुने भएको हो ।
विराटनगर उपमहानगरपालिकाको हलमा आज भएको छलफलमा जेष्ठ १३ गते सम्म खरिद गरेको ईरिक्सालाई विराटनगर स्थायी बसोवास भएका ब्यक्तिहरुले आफ्नो कागजपत्र सहित आएमा दर्ता पाउनेछन् ।
धेरै संघर्ष पछि मजदुरको पक्षमा निर्णय गराउन सफल भएकोमा खुसी लागेको नेपाली काग्रेस विराटनगरका सभापती भिम पराजुलीले बताउनुभयो ।