सिरहा, जेष्ठ १२ गते।
सिरहाको धनगढीमाई नगरपालिकामा मंगलबार राती पिकअपले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।
स. १ च ८७५ नम्बरको पिकअपको ठक्करबाट स्थानीय ६० वर्षिय मिनबहादुर तामाङको उपचारकाक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ।
तामाङलाई राती १९३० बजेतिर पश्चिमबाट पूर्वतर्फ आउदै गरेको पिकअपले धनगढीमाई नगरपालिका ९ स्थित रामार्गमा ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारकालागी लहानतर्फ पठाइएकोमा तामाङको राती २११५ बजे मृत्यु भएको हो।
ठक्कर दिने पिकअप तथा चालकलाई इलाका प्रहरी कार्यालय धनगढीले नियन्त्रणमा लिई राखेको छ।