सुप्रिया राई
किर्किस्तानमा जन्मिएका डा.रुस्लान सुलाइमानकुलोभका सवै परिवार सदस्य चिकित्सा क्षेत्रमा कार्यरत छन् ।परिवारकै प्रेरणावाट चिकित्सा क्षेत्रमा नयाँ काम गर्नुपर्छ भन्ने मान्यता राख्ने उनी नेपालको पूर्वी क्षेत्रमा सवै भन्दा पहिले दुरविनको माध्यमवाट मानिसको शरीरभित्रको पत्थर निकाल्ने काम शुरु गर्ने चिकित्सक हुन् ।विराटनगरस्थित नोवेल मेडिकल कलेजमा चिरफार विना मानिसको शरीरभित्रको पत्थरीको शल्यक्रिया गर्दै आएका डाक्टर रुस्लानसँग उक्त रोग र त्यसको उपचार पद्धतिको विषयमा सुप्रिया राईले गरेको कुराकानी प्रस्तुत गरीएको छ ।
मानिसको शरीरमा पत्थरी हुनुको मुल कारण के हो ?
शरीरमा पत्थरी हुनाको मुल कारण खानपिन हो । खानामा पिरो,चिल्लो,अमिलो,वढि प्रयोग गर्दा साथै दिनमा दुई पटक मात्र खाना खाने वानीले पनि पत्थरी हुने सम्भावना हुन्छ ।
पत्थरी शरीरको कुन कुन अंगमा हुन्छ ?
विशेष गरी पित्त थैली,पित्त नली,मृगौला,आदीमा हुने गर्दछ ।
पत्थरीको उपचार अप्रेसनवाट मात्र सम्भव छ कि औषधीले पनि निको हुन्छ ?
पत्थरीको उपचार भनेको अप्रेसन मात्र हो । यो कुनै औषधीले निको हुदैन ।
कुनकुन उमेर समुहको मानिसलाई वढी मात्रामा पत्थरी हुने गर्छ ?
३ वर्षको उमेर देखी ९० वर्षको उमेर सम्मको मानिसमा यो रोग लागेको पाइएको छ ,विशेष गरी ४० वर्षमाथिका मानिसहरुमा यो रोग वढि मात्रामा पाइएको छ ।
पत्थरीकै कारण मानिसको मृत्यु पनि हुने गरेको छ कि ?
पत्थरी लागेको धेरै समयसम्म उपचार नगरी वसिरहेमा पछि गएर क्यान्सर हुन्छ । त्यस पछि भने मानिसको मृत्यु हुन्छ ।
पत्थरीको उपचार कसरी गरिन्छ ?
पत्थरीको उपाचार २ प्रकारले गरीन्छ । एउटा सिधै अप्रेसन,दोस्रो ओपन सर्जरी कम्प्युटरवाट ।
पत्थरी शरीरको भित्री भागमा मात्र हुनुको कारण के हो ?
पत्थरी रगत सञ्चालन हुने ठाँउमा मात्र हुन्छ , किनकी रगतमा क्यालसियम,कोलेस्टोर,आइरन,आदि धेरै पदार्थहरु हुने गर्दछ । त्यसैले यो ठोस पदार्थ नपचेर विस्तारै कडा भए पछि पत्थरी छुन्छ ।
कुन अंगमा भएको पत्थरी वढि जोखिमपुर्ण हुन्छ ?
पत्थरीको सवैभन्दा जोखिम मृगौला र पित्तथैलीमा हुने गर्दछ ।