विराटनगर ,१३ जेष्ठ। विराटनगरमा कयौं यस्ता स्थानहरु छन् जसको नाम लिने बित्तिकै यहाँ हुर्के बढेका हुन् या स्कुल, कलेज वा जागिरे जिवन बिताएकाहरुलाइ आफ्नो रमाइला दिनहरु स्मरण हुने गर्दछ । यसै मध्येको एक छ, विराटनगरको एक नास्ता पसल । हजुर ! नास्ता पसल । विराटनगरको मुटु ट्राफिक चौकमा रहेको एक नास्ता पसलको नाम मात्रले धेरैलाइ विराटनगरमा बिताएका दिनहरु झल्झली स्मरण दिलाउन सक्छ ।
यति पढि सक्दा नै तपाइले त्यस पसलको नाम थाहा पाइसक्नु भयो होला । हामीले भनिरहेको पसलको नाम हो “भोला दाईको चिया पसल” वा “भोला दाईको कोन्टि” । ट्राफिक चौक नजिकैको एउटा सानो गल्ली भित्र रहेको “भोला दाईको चिया पसल”का संचालक हुन् भोला नाथ भट्टराइ जसलाइ पसलमा आउने जो कोहिले भोला दाइ भन्छन् । ‘साना केटाकेटि देखि कपाल फुलेकाले पनि दाइ भनेर बोलाने गरेका छन्’ उनी सुनाउछन् ।
यस पटक आवर विराटनगर डटनेट टोलीले भोला दाइको चिया पसलबारे उनीसँग कुराकानी गरेर रिपोर्ट तयार पारेको छः
भाेला दाइकाे पसलकाे सूरुवात
२०३९ सालमा संखुवासभा बाह्र बिसेबाट पढ्नका लागि विराटनगर आएको थिएँ । एसएलसी पढ्दै गर्दा साथीहरुले यो पसल गर्ने गरेका थिर्ए । धादिङ्गका ति साथीहरुले घरायसी कामले गर्दा पसल छाड्नु पर्ने भयो । १५ हजार रुपैयाँ दाम राखेको उनीहरुको पसल मैले लिने भएँ । सूरुमा उधारोमा पसल लिए पनि अलि पछि खोजखाज पारेर उनीहरुलाइ पैसा दिएर पसल आफ्नो बनाए । आज भन्दा बिस तिस वर्ष अघि २०४६–४७ सालमा पसल किन्दाको १५ हजार अहिलेको एक लाख रुपैयाँ जतिको थियो होला । त्यो बेला पसल अहिले कै स्थानमा थिएन, तर ट्राफिक चौकको सय मिटर आस पासमा थियो । सूरु देखि नै चना, चिउरा, चिया, पाउरोटि, चुरोटहरु नै बेचें ।
पढाइ त्यति राम्रो थिएन मेरो त्यसैले पनि पसल गर्न थाले पछि पढाइलाइ निरन्तरता दिइन ।

यति वर्ष पसल गरिसक्दा धेरै ग्राहक बनाइएको छ । पहिलेका ग्राहकका छोराहरु अहिले यहि पसलमा आउन थालिसकेका छन् । म आँफै पनि त्यो बेला पसल सुरु गर्दा २०–२२ वर्षको मात्र थिएँ । अब त निक्कै धेरै समय भइसकेछ पसल गर्न थालेको पनि ।
विराटनगरकाे परिवर्तन
पहिले जनसंख्या निक्कै थोरै थियो विराटनगरको अहिले त सवारी साधन नै धेरै भइसक्यो । विराटनगरको सहर विस्तारै विस्तारै ठुलो हुदै गएका छन् । मानिसहरू सबै तिरबाट अाउन थालेर यहाँ धेरै तिरका मानिसकाे बसाेबास देखिन थालेकाे छ । तर विराटनगर अरू सहर जस्ताे रातारात परिवर्तन भएकाे छैन । यस अवस्थासम्म अाइ पुग्न विराटनगरले दशकाैंकाे समय लगाएकाे छ ।

छबि
मेरो फुपुको छोरा हो छबि । गाँउमा नबस्ने, घरको काम नगरि बरालिने भएकाले घर सल्लाह गरेर सँगै राखेको हुँ । उर्लाबारीमा फुपु फुपाजु दुबै हुनु हुन्छ । १५ वर्षदेखि छबि हामीसँगै छन् । अधिकाँश ग्राहकले उसलाइ पनि खोज्ने गरेका छन् । मेरो पसलको नाम आउदा छबिको नाम नि सँगै जोडिने गरेको छ ।

किन आउछन् ग्राहक ?
जक्सन जस्तो छ । स्वादको लागि पनि आउछन् जस्तो छ । ग्राहक तान्नका लागि विशेष सुत्र नै चाँहि छैन । लगातार पसल गरिरहेकाले पनि आउछन् होला । अझ, एउटा आउने अनि उसले अरु धेरैलाइ ल्याउने गरेकाले पनि पसलमा मानिसहरु आइरहने गरेका छन् । मेरा ग्राहकहरु धेरै ठाँउबाट आउने गरेका छन् । बजार एरियामा धेरै स्थानबाट काम गर्ने मान्छेहरु आउने भएकाले बिहान बेलुका पातलो र दिउँसो बाक्लो गरि मानिसहरु आउने गरेका छन् ।
चुरोट खाने अड्डा
चिया पसल जहिले पनि थोरै लगानी र थोरै मार्जिनमा काम हुने भएकाले ठुला सटर लिन सकिदैन त्यसैले कुना कोप्चा वा घुम्तिमा नै प्राय चिया पसल खोलिन्छ र चुरोट खाने मान्छेले खुल्लामा खान नसकेर यस्तै स्थान रोज्ने भएकाले पनि यसलाइ चुरोट खाने अड्डा भनेका होलान् । तर सबै खाले व्यक्तिहरु आउने भएकाले यसलाइ चुरोट खाने अड्डा मात्र हो भन्न मिल्दैन ।

बिचमा सरकारले सार्वजनिक स्थानमा चुरोट खान नपाउने नियम राखे पछि वरिपरि छिमेकबाट विरोध भए तर विस्तारै सबै शान्त पनि भएका छन् । अहिले भने चुरोट खाने र नखानेहरुको लागि भनेर छुट्टा छुट्टै स्थान बनाएको छु । नखाने ग्राहकलाइ असर नगरोस भनेर सिसा लगाएर घेरेको छु ।

पसल नगरेको भए ?
पसल नगरेको भए यो गर्थे भन्ने सोच कहिल्यै आएन । सानोमा विद्यार्थी हुँदा पढेर मास्टर हुन्छु कि भन्ने लाग्थ्यो तर यो पसल सुरु गरिसके पछि कहिल्यै अरु काम गरेको भए हुने जस्तो लागेको छैन । श्रीमतिले सूरु सुरुमा विदेश जानु भन्दा पनि विदेश जान मन लागेन । यहि कामबाट सन्तुष्ट छु । यसैमा लागेको छु ।

नाम, दाम र इज्जत दिएको काम
यसै पसलबाट नाम भएको छ , इज्जत कमाएको छु । निरन्तरता दिइरहँदा दाम पनि भएको छ । यो अहिले पसल भएको तिन तले घर र जग्गा आफ्नै हो । गाँउमा पनि अलि अलि घडेरी जोड्न सँके । दुइ वटा छोरा पढाउन सकिरहेको छु । जेठो छोरा चितवनमा बिइ फार्मेसी पढि रहेको छ र कान्छो यहि पढिरहेको छ । उसले भर्खरै एसएलसी सकाएकाे छ ।

श्रीमतीको अनुभव
भोला दाइको पसल भनेर चिनिए पनि आफुँ बराबर नै खटिरहने आफ्नी श्रीमती धनमायाले चिया पसललाइ यतिको अवस्थासम्म ल्याइ पुर्याउन सहयोग गरेको स्विकार्छन स्वयम् भोला दाई । बिहे भए देखि नै लगातार साथमा रहि सहयोग गर्दै आउँदा उनीहरूले अनेकाैं अाराेह अवराेह पार गरेकाे अनुभव सुनाउने भएका छन् ।
आफन्त आफ्ना भएका छन्
पहिले विवाह भएर आउँदा निक्कै सानो हाम्रो पसल अहिले विस्तारै बढ्दै गएको छ । सूरु सरुमा आफन्तले पनि चिया पसले भनेर जिस्काउने, अलि परको जस्तो गर्ने गर्दथे तर यहि पेशाबाट पैसा कमाएर सम्पति जोड्दै जाँदा सबैले अचेल राम्रो गर्न थालेका छन् । लगनशिल भएर एउटै पेशालाइ निरन्तरता दिदाँ जुनै पेशा पनि राम्रो हुँदो रहेछ । सूरुमा श्रीमान्लाइ विदेश जान कर गर्ने गरेको सम्झन्छु , धन्न जानु भएनछ झै लाग्छ ।

बिचमा अलि मन बरालिएर कपडा पसल तिर पनि लगानी नगरेको होइन तर पैसा डुब्यो । यसैमा रस बसेछ, अरु तिर नसकिने रहेछ भनेर यहि कामलाइ निरन्तरता दिइरहेका छौं
रिटायर जीवन बिताउन बन्द हुनेछ पसल
जति ठुलो काम गर्यो उति नै टेन्सन हुन्छ त्यसैले यसलाइ अझ बढाउने सोच आएको छैन । ठिक्क आफ्नो कन्ट्रोलमा हुने गरि मात्र काम गर्छु । छोराहरुले पनि यो कामलाइ निरन्तरता दिन्छन् भन्ने छैन र गरुन् भन्ने पनि लाग्दैन । उनीहरु आफ्नै हिसाबले केहि गरुन भन्ने लागेको छ । हामी पछि यो पसल बन्द नै हुन्छ होला ।

धेरै वर्ष भयो पसल गर्न थालेको, जागिर गरेको भए पनि रिटायर्ड हुने समय आइसक्थ्यो होला । अब छोराहरुले पढि सकुन् अनि विस्तारै विस्तारै पसल छाडेर गाँउ तिर जाने छु । यो शहर बजार छाडेर शान्त गाँउमा जाने भन्ने योजना बनाइसकेका छौं ।
तस्विरहरू: बेबिन शाक्य तथा मुस्कान कटुवाल
आवरविराटनगरडरनेटबाट