देशमा मात्र नभएर विदेशमा वस्नेहरुको विचमा पनि उनको क्रेज निकै वढिसकेको छ । चार दिन देखि उनी मलेसियामा छन् , चलचित्र प्रर्दशनको लागि ।
यति नै वेला सोहि चलचित्रकी नायिका पूजा शर्माले नायक प्रदिपलाई फेसवुकबाट गरेकी छिन् भने निर्माता सन्तेाष सेन र ओभरसिज राईट लिएका सुवास सिंह ठकुरीलाई अनफ्रेण्ड गरेकी छिन् ।
ब्लक गरेको भएपनि पुजालाई प्रदिपको केहि भन्नु छैन । ‘किन व्लक गरिन् मलाई केही थाहा छैन । म देश बाहिर छु । मिडियाहरुमा आएपछि मात्रै मैले पनि थाहा पाएँ । एउटै चलचित्रमा खेलेका थियौ, खै किन ब्लक गरिन् उनै जानुन् ।’ प्रदिपले भने ।
उनले नयाँ चलचित्रका लागि धेरै अफरहरु आए पनि कुनैमा संझौता नगरेको बताए । उनले ‘प्रेमगीत’ हिट भएपछि आफूले धेरै रकम डिमाण्ड गरेको भन्ने खबरलाई पनि झुट भनेका छन् । उनले आफूलाई राम्रा नेपाली चलचित्र खेल्ने इच्छा भएको बताए ।
चलचित्र ‘प्रेमगीत’को ओभरसिज प्रदर्शनका लागि महिना भन्दा बढी दिनबाट विदेशमा रहेका प्रदिपको खोजी नेपालमा त भैरहेको छ । तर, उनी विदेशमा अझै कती बस्छन् एकिन छैन । कतै विदेशमा बस्दा बस्दै उनको खोजी नेपालमा निर्माताहरुले गर्न छाडे भने के होला ?