विराटनगरमा दुई दिने शैक्षिक मेला हुदै
प्रेम देवान
विराटनगर, ५ जेठ । विराटनगरमा दुई दिने शैक्षिक मेला हुने भएको छ । परीक्षा दिएको विद्यार्थीलाई लक्षित गरी क्लाउट नाईनको आयोजनामा विराटनगरमा आउँदो जेठ ६ र ७ गते हुने भएको छ ।
क्लाउट नाईनले आज विराटनगरमा पत्रकार सम्मेलन गरी विराटनगरको जैन भवनमा हुने बारे जानकारी गराएको हो ।
दुई दिन सम्म सञ्चालन हुने मेलामा शैक्षिक परामर्श सम्वन्धी ३० वटा स्टलहरु रहने भएको छ । दुई दिनसम्म सञ्चालन हुने मेलामा करिब ५ देखी ६ हजार जना विद्यार्थीले अवलोकन गर्ने आयोजकले दावी गरेको छ । मेलामा विद्यार्थीहरुलाई थप मनोरञ्जन प्रदान गर्ने स्थानियकलाकारको संगितीक प्रस्तुती समेत रहने कार्यक्रम संयोजक सफल सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।