Websoft University
यस आगोपाटी डटकममा कुनै सामाग्री प्रकाशन गर्नुपरेमा हामीलाई सम्पर्क गर्नुहोला । सम्पर्क नंम्बर ९८४२१४५०४५

सुनसरीका सम्पूर्ण गाविसहरुलाई यसै आर्थिक बर्षभित्रमा खुला दिशामुक्त घोषित गरिसक्ने अभियान



सप्रिया राई जेठ १७  इटहरी
सुनसरी जिल्लाका सम्पूर्ण गाविसहरुलाई यसै आर्थिक बर्षभित्रमा खुला दिशामुक्त घोषित गरिसक्ने अभियानका क्रममा जेठ तेस्रोसाताभित्रमा तीनवटा गाविसलाई नियमित रुपमा खुला दिशामुक्त गाउँ घोषणा गरिने भएको छ । सुनसरी जिल्लास्थित राजनीतिक दलका नेताहरु स्थानीय गाविस सरसफाई तथा स्वच्छता समन्वय समिति यूएन ह्याविट्याट वेल संस्था जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय जिल्ला प्राविधिक कार्यालय एवम जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समिति समेतको टोलीले अनुगमन गरी ती गाविसलाई खुला दिशामुक्त घोषणाको अन्तिम तयारी गरेको छ ।यस जिल्लाको ३९ वटा गाविसमध्ये खुला दिशामुक्त घोषित हुन बाँकी रहेका १० गाविसमध्ये यही जेठ २३ गते शरिनगरा २४ गते मध्यहर्साही र २५ गते देवानगञ्ज गाविसलाई क्रमशा खुला दिशामुक्त गाविस घोषणा गर्ने आन्तिम तयारी पुरा भएको मिशन ओडएफ अभियानकर्र्मी ललिता लम्सालले जानकारी दिनुभयो । देवानगञ्ज गाविसको अनुगमनपछि गाविस कार्यालयमा आयोजित प्रतिबद्धता कार्यक्रममा नेताहरु नैनकुमार विश्वकर्मा बिवेक राई र उमेश शाहले चर्पी अभियान सफल भएकाले खुला दिशामुक्त घोषण गर्न योग्य रहेको प्रतिवेदन प्रस्तुत गनुभएको थियो । त्यस अवसरमा यूएन ह्याविट्याटका प्रतिनिधि हरि बुढाथोकी अग्रज पत्रकार याम प्रधान लगायतले पनि देवानगञ्जमा सरसफाई सचेतना राम्ररी विस्तार भएकोमा खुशी ब्यक्त गर्नु भएको थियो । एक हजार तीन सय चौबीस घर सङ्ख्या भएको हरिनगराका सम्पूर्ण घर परिवारले चर्पी बनाएर प्रयोगमा ल्याएको पाईएको र मध्यहर्साही गाविसमा बसोवास गर्दै आएका  ९ सय ९६ घरमध्ये ९९ सय प्रतिसत घरमा चर्पी बनिसकेको र केही बाँकी रहेका घरहरुलेपनि धमाधम चर्पी बनाई रहेकाले घोषणा हुने दिनसम्ममा चर्पी बनाएर प्रयोगमा ल्याईसकिने तयारी भई रहेको छ ।यसैगरी १ हजार २ सय ५५ घरधुरी रहेको देवानगञ्ज गाविसमा पनि ९९ सय प्रतिसत घरले चर्पी बनाएको र केही साझेदारीमा चर्पी प्रयोग हुँदै आएकाले बाँकी केही घरमा पनि चर्पी बनाई सकिने गाविसका सचिव कोशव पोख्रेलले प्रतिबद्धता जोहेर गर्दै काम तिव्र बनाई जेठ २२ सम्ममा सवै घरमा चर्पी बनाई सकिने योजना रहेको बताउनु भएको छ ।

Post a Comment

Advertisment

Advertisment

MKRdezign

Author Name

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget